टाइगर कप भलिबल: भारतको सुनिल क्लबमाथि पुलिसको शानदार जित
पाेखरा | माघ १४, २०८१
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल भलिबल क्लबमाथि शानदार जित दर्ता गराएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पुलिसले पहिलो सेट २५–१० र दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । ती दुई सेटमा भारतको सुनिल क्लबमाथि पुलिस हाबी बनेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै सुनिल क्लबले २५–२२ को जित दर्ता ग¥यो । तर, प्रतिस्पर्धात्मक भएको चौथो सेटमा २५–२२ ले जित हासिल गर्दै पुलिसले दोस्रो जित दर्ता ग¥यो । सुनिल क्लबले भने पहिलो हार चाखेको छ ।
यसअघि भएका महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपिएफ विजयी भएका थिए । पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ र एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

